दशैं लागेसँगै शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । शेयरबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) मा धेरैपछि लगातार दोस्रो दिन दोहोरो अंकको वृद्धि देखिएको छ । साताको कारोबारको तेस्रो दिन बुधबार नेप्से ४३.२७ अंकले बढेर १९०७ बिन्दुमा पुगेको छ । मंगलबार पनि नेप्से १३.१८ अंकले बढेको थियो ।

नेप्से बढे पनि कारोबार रकम भने खुम्चिएको छ । मंगलबार एक अर्ब ८४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ९३ करोड ४८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको हो ।

नेप्सेका अनुसार आज कारोबार भएका २२३ कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । आज नेप्सेमा ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *