नेपाली कांग्रेस मध्यपुर नगर समितिको अतिथिलाई समय् बजि कार्यक्रम


भक्तपुर । बागमती प्रदेश कार्यसमिति प्रशिक्षण विभागको अभिमुखिकरण कार्यक्रम समापन पश्चात् अतिथि एवम् कार्यक्रममा सहभागी सबै नेताहरुलाई नेपाली कांग्रेस मध्यपुर नगर समितिले नेवारी समय बजि (सुकु भ्वय) भोजको आयोजना गर्‍यो ।

नेवारी समुदायको पारम्परिक परिकारका साथ अतिथिहरुलाई नेवारी खाना नेपालमा आकर्षण समेत रहेको लोकप्रिय परिकार नेवारी पर्वहरूमा खुवाइने समय् बजि अर्थात झ्व भ्वयू परम्परागत एवं मौलिक भोजको आयोजना गरि मध्यपुर थिमीका मेयर सुरेन्द्र श्रेष्ठ, नगर सभापति हरिदास प्रजापति, किसान महासंघ भक्तपुरका अध्यक्ष इन्द्रबहादुर प्रजापति, नेता बिजेन्द्र प्रजापति, दिपसुन्दर श्रेष्ठ लगायत नेता साथीहरू अतिथि सत्कारमा लागेका थिए।


नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको आतिथ्यतालाई ग्रहण गर्नुहुने आयोजक बागमती प्रदेश कार्यसमिति, प्रदेश प्रशिक्षण विभाग, कार्यक्रममा पाल्नु हुने सम्पुर्ण अतिथि एवम् सहभागीहरु प्रति आभार ब्यक्त गेको छ।

साथै,अहोरात्र खट्नुहुने नेपाल तरुण दल भक्तपुर, नेपाल किसान महासंघ, ने वि सघ भक्तपुर तथा मध्यपुर थिमि नगर कार्यसमितिका नेतृत्व सहित जिल्ला स्थित तहगत नेताहरु, मध्यपुर थिमी मेयर सुरेन्द्र श्रेष्ठ, नगर सभापति हरिदास प्रजापतिलाई अधिक धन्यवाद कृतज्ञता व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *