बडा दशै २०८० को शुभकामना


ज्येष्ठमानको गर्छु बयान
दुईहात जोडे बिन्ति नमन ।
सधै मेरो यहि भावना
बडादशैको शुभकामना ।

तृष्णा छ बुद्धि विवेक छ धेर
दिनेछन् आशिष स्वर्गै सम्झेर ।
मानमर्यादा देउन तिमि
चाहिन्छ केही भन्दैनौ हामि।

जीवन गयो नि अब फर्कि आउन्न
उमेर छदा लाग्थ्यो दुःख पाउन्न ।
दुःखको बेला उमेर थियो
आफ्नै ईमानमा सब कुरा लियो ।

कानको ध्वनि सब अड्कि गयो
खाने दन्तमा रडकिने भयो ।
मुहार हेर्दा सब चिज ठिक छ
गलित भईयो बोलि कहाँ बिक्छ ।

चरा सरी भै गुडंमा बस्दैछौं
शक्ति नहुदा दुई पाउँ धस्दैछौं ।
खानेकुरामा होडबाजि चल्छ
थाहै हुदैन कुन बेला छल्छ ।

हृदय तिम्रो बलियो छ आज
के गर्न सक्छौ भन्देउ यहि माझ ।
वृद्धाको मुहार खुसि जनाउँ
आफू हिडने बाटो बनाउँ ।

हाम्रा मुटुका टुक्रा तिमि हौ
दिन्छौ आशावादि हामी हौ
दिएमा खान्छौ फेरि आएर
खुसि हुनेछौ माया पाएर ।

सच्चा बनहै धेय लिएर
नगुथ्ने पगरी हामिलाई दिएर ।
ठुलो बनेर उध्देश्य लिनु
भवभाव राखि मन आफ्नु दिनु ।

ज्ञान कमाई ईमान बढाउँ
माया ममता सबमा चढाउँ ।
सधै चुलियोस् सोचको भावना
बडा दशैको शुभकामना ।

धर्म गर्नलाई नजाउँ अन्त
माया ममता तिम्रै छ छनत
रुखो बोलिमा नहोस भावना
बडा दशैको शुभकामना ।।
जय होस् सबमा मंगलहोस् ।

              संयोजक  

ज्येष्ठ नागरिक समन्वय समिति ।
सुर्यबिनायक नगरपालिका
वडा नं ३ बालकोट ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *