राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु भेटे

काठमाडौँ । इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेटे गरेका छन् । बुधबार तेलअभिभ पुगेका बाइडेनले नेतन्याहूसँगको भेटमा गाजाको अस्पतालमा इजरायलले आक्रमण नगरेको बताएका छन् ।

बाइडेनले भनेका छन्- ‘यो कुनै अर्को टोलीले गराएको जस्तो देखिन्छ । यस घटनाबाट गहिरो दुःखी र आक्रोशित छु । मैले देखेको आधारमा यस्तो लाग्छ कि यो काम अरु कुनै टोलीले गरेको हो, तपाईले होइन । तर धेरै व्यक्तिहरू छन् जसलाई यो स्पष्ट छैन, त्यसैले हामीले धेरै कुराहरू नियन्त्रण गर्नुपर्दछ ।’

अमेरिकी राष्ट्रपति बाइडेन इजरायलप्रति आफ्नो समर्थन देखाउन त्यहाँ पुगेका हुन् ।

अमेरिकी राष्ट्रपतिको यो भ्रमणका क्रममा उनले जोर्डनमा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास, इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसी र जोर्डनका राजासँग पनि भेट गर्ने भएका थिए तर अरब राष्ट्रले उनलाई भेट्न अस्वीकार गरेकाले अब उनको भ्रमण इजरायलमा मात्र सीमित भएको छ । धेरै देशका नेताहरूले गाजा अस्पतालमा भएको आक्रमणको ‘निन्दा’ गरेका छन् र यसलाई ‘नरसंहार’ भनेका छन् ।

हमासको हमलापछि सुरुदेखि नै प्रतिक्रिया दिन सतर्क रहेको र अमेरिकी मध्यस्थताबाट इजरायलसँग नजिक हुँदै गएको साउदी अरेबियाले पनि इजरायलको कडा निन्दा गरेको छ ।

गाजाको स्वास्थ्य विभागले गाजाको अल अहली अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा करिब ५०० जनाको मृत्यु भएको दाबी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *