समृद्धि फाइनान्सको ‘सम्वृद्धिबाट रिचार्ज अब हुनेछ फ्री चार्ज’ योजना
काठमाडौं । समृद्धि फाइनान्सले दशैंको उपलक्ष्यमा ‘सम्वृद्धिबाट रिचार्ज अब हुनेछ फ्री चार्ज’ योजना ल्याएको छ । यो योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ प्रयोग गरी पाँच सय वा सोभन्दा बढी रकम टपअप गर्दा ५ जना भाग्यशाली ग्राहकहरुले सय प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यो योजना २०८० सालको आश्विन २८ गतेदेखि कार्तिक ११ गतेसम्म लागू हुनेछ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल १३्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।