इन्भेष्टमेण्ट मेगा बैंकद्वारा ११ वटा यातायात व्यवस्था कार्यालयमा क्यु आर मार्फत राजश्व संकलन


काठमाडौँ – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले देशको विभिन्न क्षेत्रहरुमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरुबाट क्यु आर मार्फत विभिन्न शिर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि भइ सेवा ग्राहिहरुलाई लामो समय लाइनमा बसेर नगद (खुद्रा) तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ ।

क्यु आर प्रणालीवाट राजश्व संकलन गर्दा समयको वचत र पारदर्शी कारोवार हुनुका साथै नगद रहित कारोवारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ । हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरु विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भर्यांङ्ग, सानो भर्यांङ्ग, नारायणगढ, महेन्द्रनगर बाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए । बैंकले २६० शाखा, २५७ एटीएम, ६३ एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ्क काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा दिइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *