नेपाल पेको दसैं अफर
काठमाडौं। नेपाल पेले दसैं तथा तिहारको अवसरमा ग्राहकहरुले निःशुल्क रुपमा फण्ड ट्रान्सफर गर्न सक्ने भएका छन्। विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले कात्तिक १ गतेदेखि कात्तिक ३० गतेसम्म नेपाल पे इन्स्ट्यान्टमार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सक्ने कम्पनीले जनाएको छ। नेपाल पे इन्स्ट्यान्टमार्फत ग्राहकहरुले बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक वा कनेक्ट आइपीएसमा रजिष्टर्ड मोबाइल नम्बरको आधारमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन्।
हाल नेपाल पे इन्स्ट्यान्टको सुविधा कनेक्ट आइपीएस, बैंकका मोबाइल बैंकिङ एपहरु तथा सेलपे, हाम्रो पे र एमओआरयू लगायतका वालेटहरुमा उपलब्ध छ। नेपाल पे इन्स्ट्यान्टमा लाभग्राहीको भर्चुअल प्राइभेट एड्रेस (भीपीए)को आधारमा फण्ड ट्रान्स्फर वा भुक्तानी गर्न सकिन्छ। ग्राहकले लाभग्राहीको मोबाइल नम्बर प्रयोग गरेर फण्ड ट्रान्स्फर गर्न सक्छन् भने यसको लागि बैंक खाताको विवरण आवश्यक पर्दैन। नेपाल पे इन्स्ट्यान्टमार्फत फण्ड ट्रान्स्फर गर्दा ग्राहकहरूले नेटवर्क छनोट गरी लाभग्राहीको मोबाइल नम्बर प्रविष्ट गरेर मोबाइल बैंकिङ एप, वालेट वा कनेक्ट आइपीएसबाट ट्रान्स्फर गर्न सक्ने कम्पनीले बताएको छ।