रजत विजेता एरिका सम्मानित


काठमाडौं । नेपाल एकायन कराते संघले १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ । संघले विजयादशमी, शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको अवसरमा खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा एक कार्यक्रममाझ एरिकालाई २० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो । एसियाली खेलकुदको करातेमा नेपालका लागि एरिकाले जितेको रजत पहिलो हो ।

सो अवसरमा एसियाली खेलकुदका प्रशिक्षक कुशल श्रेष्ठ, छोरी डंगोल र वीरकृष्ण महर्जन तथा व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । उनीहरूलाई संघीय सांसद विराजभक्त श्रेष्ठ, वाग्मती प्रदेशका सांसद् बसन्त मानन्धर र नेपाल एकायन कराते संघका अध्यक्ष श्रीकृष्ण डंगोलले सम्मान गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *