सानिमा बैंकले ल्यायो सजिलो ई बैंकिङ सेवा
काठमाडौं । सानिमा बैंकले सानिमा सजिलो ई बैंकिङ सेवा एफवान सफ्टको सहकार्यमा उक्त योजना ल्याएको छ । यो योजना असोज २८ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने छ । यस अन्तर्गत मोबाइल बैंकिङ्गबाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जाना ग्राहकहरु बिजेता हुन सक्नेछन् ।
यसमा सहभागीताका लागी ग्राहकहरुले न्युनतम ५०० रुपैयाँको टपअप, १०० रुपैयाँको डाटा प्याक र २०० रुपैयाँको रकमान्तर गर्नुपर्ने हुन्छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।