बुडोल सामुदायिक साकोसको रजत महोत्सव,सदस्यलाई बीमा रकम हस्तान्तरण


काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था स्थापनाको २५ औं बर्षमा प्रवेश गरेको अवसरमा “रजत महोत्सव” शुभारम्भ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश के.सी.ले सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश जारी गर्दै रजत महोत्सव शुभारम्भ भएको घोषणा गरेका हुन । “रजत महोत्सव” शुभारम्भको दिन संस्थाले रक्तदान कार्यक्रम, बुसा मोबाईल एप प्रयोगको भिडियो रिलिज र दुर्घटना बीमा हस्तान्तरण जस्ता कार्यक्रमहरु समेत सम्पन्न गरेको छ ।

संस्थाको मुख्य कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १८ जना रक्तदाताहरुले रक्तदान गरी जीवनदान गरेका छन् । केही समय अघि भैँसेपाटीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएका सदस्य बालकृष्ण बुढाथोकीको श्रीमती सुन्तली बुढाथोकीलाई दुर्घटना बीमा अन्तर्गतको १ लाख हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश के.सी.ले बुसा मोबाइल एपको प्रयोग कसरी गर्ने तथा कस्ता कस्ता सेवाहरू प्रयोग गर्न सकिन्छ भन्ने जानकारी सहितको अनुशिक्षण भिडियो समेत फेसबुकमार्फत रिलिज गरेको थिए । कात्तिक २ गतेदेखि माघ १६ गतेसम्म संस्थाले विभिन्न कार्यक्रमहरू गरी रजत महोत्सव भव्यताका साथ सम्पन्न गर्न “रजत महोत्सव मूल समारोह सिमित” समेत गठन गरी सकेको छ । २०५० कात्तिक २ गतेलाई स्मरण गर्दै एवं २०५६ सालमा संस्था सञ्चालनमा आएको मितिलाई मध्येनजर गर्दै संस्थाले रजत महोत्सव शुभारम्भ गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *