बुद्ध एयरको १७ औं एटीआर जहाज


काठमाडौं । बुद्ध एयरले शुक्रबार १७ औं एटीआर–७२ जहाज भित्र्याएको छ । यसको कलसाइन ढल्(ब्इऋ रहेको बुध्द एयरले जनाएको छ । अब बुद्धसँग एटीआर–७२ जहाजको संख्या १४ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई १ महिनाभित्र उडान सेवा दिने बुद्ध एयरे विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बुद्ध एयरसँग तीनवटा एटीआर–४२–३२० र १४ वटा एटीआर–७२–५०० जहाज रहेका छन् । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भनेका छन्, उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुले आफ्नो समय अनुकल उडान भर्न सक्ने छन् । थपिएको जहाजले नियमित मर्मतमा पनि सहयोगी हुने विज्ञप्तिमा उल्लेख छ । बुध्द एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *