कोइरालालाई ‘मानार्थ डाक्टर’को उपाधि


काठमाण्डौं । सामाजिक जागरुकता र शान्ति विश्वविद्यालय फ्लोरिडा, संयुक्त राज्य अमेरिकाको तर्फबाट आरसी कोइराला (रामचन्द्र)लाई ‘मानार्थ डाक्टर’ को उपाधि प्रदान गरिएको छ ।

कोइरालाले अन्तर्राष्ट्रिय संस्कृतिविज्ञको क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै मानार्थ डाक्टरको उपाधि प्रदान गरिएको सामाजिक जागरूकता र शान्ति विश्वविद्यालय फ्लोरिडाले जनाएको छ । नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १३ का आरासी कोइराला विगत ३० वर्षदेखि नेपाली कला संस्कृतिलाई सम्वर्द्धन तथा प्रवर्द्धनमा संलग्न छन् । कोइराला एभरेस्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष पनि हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *