आईसीसी टी-२० विश्वकप छनोट – मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो । सिंगापुरविरुद्ध खेलेको नेपाली टिमका कुनै परिवर्तन भएको छैन।

मलेसियाको टिममा भने दुई परिवर्तन गरिएको छ । खिजर हायत र रिजवान हैदरको स्थानमा आज फित्री साम र अइनुल हाफिज यातिम पहिलो रोजाइमा खेल्दैछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *