टी-२० विश्वकप छनौट : हङकङमाथि बहराइनको शानदार जित

काठमाडौँ । टी-२० विश्वकप छनौटमा बहराइनले हङकङलाई पराजित गरेको छ । एशिया क्षेत्रको छनौट अन्तर्गत समुह बी को मंगलबार सम्पन्न खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको हो ।

बहराइनले दिएको १४७ रनको लक्ष्य पछाएको हङकङ १९.१ ओभरमा १२६ रन बनाएर अलआउट भएको थियो । यस अघि बहराइनले पहिला ब्याटिंग गर्दै १९.३ ओभरमा १४६ रन बनाएर अल आउट भएको थियो ।

बहराइनको यो जितसँगै समुह बी को अंक तालिका रोचक बनेको छ । जसमा बहराइन र हङकङको २-२ खेलमा २-२ अंक भएको छ भने सेमिफाइनलमा दुवैको सम्भावना रहेको छ । त्यस्तै पहिलो खेल जितेर २ अंक हासिल गरको युएईले आज कुवेतसँग खेल्दै छ ।

समुह बि को समुह चरणको अन्तिम खेलमा युएई र हङकङ तथा बहराइन र कुवेत खेल्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *