ओमानसँग हार ब्यहोरेको नेपालको लागि सेमिफाइनलको प्रतिद्वन्द्वी बन्यो यूएई

काठमाडौँ । जारी टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाली टोलीले ओमानसँग पाँच रनले पराजित भएको छ । यो हारसँगै नेपालको लागि सेमिफाइनलको प्रतिद्वन्द्वी यूएई बनेको छ ।

टस जितेर पहिले ब्याटिङको निम्तो दिएको नेपाललाई ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाउदै एक सय ४५ रन बनाएको थियो । सो रनलाई पछा्याउदै नेपालका खेलाडि जवाफी ब्याटिङमा ओर्लिएका थियो । सुरुवाति चरणबाटै खराब ब्याटिङ गरेको नेपालले भने निर्धारित ओभरमा अलआउट हुनुअघि एक सय ४० रनमात्र बनाउन सफल रह्यो । नेपालका ब्याट्सम्यानले ओमानविरुद्ध गतिलो प्रदर्शन गर्न सफल बनेनन् ।

सुरुवाति चरणबाटै खराब बनेको खेलमा नेपालका लागि बिवेक यादबले सर्वाधिक ३९ रन बनाए । उनले मात्र २४ बलको सामना गरी पाँच छक्का हिर्काएका थिए । यस्तै ओपनर कुशल भुर्तेलले २६ रन बनाए भने अर्का ओपनर आसिफ शेख पाँच रनमै आउट भए । तेस्रो नम्बरका ब्याट्सम्यान सोमपाल कामी पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । कुशल मल्ल १० रन कप्तान रोहित पौडेल १२ रनमै आउट भएका थिए । सन्दीप जोरा १२ रन बनाउँदै आउट भए । गुल्सन झा तीन रनभन्दा अगाडि बढेनन् । सन्दीप लामिछाने दुई रनमै स्टम्पिङ आउट भए । करण केसीले ११ बलमा एक छक्का र एक चौकाको मद्दतले १५ रन बनाए ।

समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । अब सेमिफाइनलमा नेपालले यूएई को सामना गर्नेछ । यूएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यूएईले बिहीबार समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङलाई २२ रनले पराजित गरेको थियो ।

आजको खेललाई हेर्न हो भने नेपालि खेलाडिहरुको बिभिन्न ठाउँहरुमा कमि कमजोरी रहेको पाईएको छ । साथै नेपालि टोलि भोलि अथवा शुक्रबार सेमिफाइनल यूएईसँगको खेल खेल्न उत्रने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *