क्यानको अनुरोध – नेपाल र युएईबीचको सेमिफाइनल हेर्न मुलपानी नआउनु, घरबाटै हेर्नु

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार हुने नेपाल र युएईबीचको टी-२० विश्वकप छनौटको सेमिफाइनल खेल घरमै बसेर हेर्न अनुरोध गरेको छ ।

सो खेलका लागि केवल ३५ सय टिकट अनलाइन मार्फत बिक्रीका लागि राखिएको जानकारी दिदै क्यानले सकेसम्म सो खेल घरमै बसेर हेर्न आग्रह गरेको छ ।

साथै क्यानले मुलपानी क्रिकेट मैदानमा हुने सो खेलका लागि अतिथिहरुका लागि पास वितरण समेत नगरिएको स्पष्ट गरेको छ । मुलपानी क्रिकेट मैदानमा दर्शकका लागि खेल हेर्न पर्याप्त र सहज ठाउ नहुदा क्यानले यस्तो अपिल गरेको बुझिएको छ ।

शुक्रबार नेपाल र युएईबीच हुने सेमिफाइनल विजेता अमेरिका र वेस्टइन्डिजमा हुने टी- २० विश्वकपमा छ्नौट हुने छ । नेपाल समुह ए को उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ भने युएई समुह ए को विजेता हुदै सेमिफाइनल खेल्दै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *