युएईले दियो हङकङलाई १७७ रनको चुनौती

काठमाडौं । जारी टी–२० विश्वकप छनोट खेलमा युएईले हङकङलाई १७७ रनको चुनौती दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको हङकङविरुद्ध युएईका बसिल हमिद र मोहमद वासिमले आक्रमक ब्याटिङ गरे ।

उच्च लयमा देखिएका बसिलले २९ बलमै अर्धशतक पुरा गरेका थिए । उनले तीन छक्का र चार चौका प्रहार गरे । ओपर आसिमले तीन छक्का र पाँच चौकामा ४६ रन बनाए । अर्धशतक बनाउन चुकेपनि वासिमले २४ बलमै आक्रमक ब्याटिङ गर्दै इनिङ्स उठाएका थिए । युएईका लागि अलिसन सारुफुले ३४ र भ्रित्य अरविन्दले १९ रन जोडे ।

सेमिफाइनलमा जान जित्नैपर्नै दबावमा रहेको हङकङका लागि यासिम मुर्तेजले तीन, नस्रुल्ला रानाले दुई र एसन खानले एक विकेट लिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *