रिगललाई कैदमाफी दिने राष्ट्रपतिको निर्णय बदर, पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद माफी उल्टाइदिएको छ ।

यसका साथै सर्वोच्चले रिगललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ । अदालतको यो आदेशसँगै अब रिगल फेरि पक्राउ पर्ने भएका छन् । रिगललाई कैद मिनाहा गर्ने सरकार र स्वीकृत गर्ने राष्ट्रपति नैतिक संकटमा परेका छन् । नेपालगन्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद सजाय काटिरहेका रिगल शक्ति लगाएर कैद मिनाह गर्न सफल भएका थिए ।

उनको बाँकी सजाय मिनाहा गर्न गृह मन्त्रालयले निर्णय गर्दै स्वीकृतका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । राष्ट्रपतिले आममाफी दिएपछि उनी असोज ३ मा संविधान दिवसको दिन छुटेका थिए । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट छुटेका थिए ।

रिगलको कैद माफीका लागि कांग्रेस नेताहरुको जोडबल थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *