संसदमा भन्दा सञ्चारकर्मी हुदा बढी प्रभावकारी थिए – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले सांसदको रुपमा प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सभापति लामिछानेले संसदले जनप्रतिनिधिको आवाज नसुनेको गुनासो गर्दै नागरिक तहको आवाज के सुन्थ्यो भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले अहिले सांसदको रुपमा भन्दा आफु सञ्चारकर्मीको रुपमा बढी प्रभावकारी रहेको समेत बताए । उनले भने- मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई प्रश्न सोध्छौँ, ताकि उहाँहरूबाट जवाफ आउन सकोस्, नागरिकलाई आश्वस्त पार्न सकियोस् । तर, दुःखका साथ भन्छु, यो संसद्ले हामी जनप्रतिनिधिको आवाज सुनेको छैन, नागरिकको आवाज के सुनेको छ । योभन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथे । नागरिकको समस्याहरू सुल्झाउने काममा योभन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ ।’

आफ्नो सम्बोधनमा लामिछानेले पुराना दलहरु आफ्नो स्वार्थका लागि महागठबन्धन गरेको आरोप लगाएका छन् । सत्ताको स्वार्थपूर्ति गर्न ‘महागठबन्धन’ बनाउने पुराना दलहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन किन रोकेको भन्दै प्रश्न गरेका थिए । उनले भने- ‘कोशीमा सत्तास्वार्थमा मिल्न सक्ने, महागठबन्धन बन्न सक्ने तर पीडितलाई न्याय दिने विषयमा शान्ति प्रक्रिया टुंगो लगाउन कसले रोक्यो, हामी नयाँ दलले ? हामी प्रक्रियागत रूपमा पीडितको पक्षमा रहेर कहाँ सहयोग गर्नुपर्ने हामी दिन तयार छौँ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *