कुशलले लिए विकेट , नेपाललाई चौथो सफलता

काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले चौथो विकेट लिएको छ ।

मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ । सो क्रममा नेपालले चौथो विकेट लिएको हो । चौथो सफलताको रुपमा कुशल मल्लले विकेट लिएका छन् । कुशलको बलमा युएईका अलीशान शराफू आउट भएका छन् । यसअघि, सोमपाल कामीको बलमा मोहम्मद वसिम र खालिद शाह आउट भएका थिए । त्यसैगरी, सन्दीप लामिछानेको बलमा आसिफ खान आउट भएका थिए ।

हालसम्म युएईले १३।४ ओभर खर्च गर्दै ८८ रन जोडेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *