नेपाललाई युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य

काठमाडौँ । टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनाउन सफल भएको थियो । यूएईका लागि विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५१ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । कप्तान मोहम्मद वासिमले २६ रन बनाएका थिए वसिमले १६ बलमा दुई छक्का र तीन चौका हिर्काएका थिए ।

नेपाली टोलीका बलर कुशल मल्लले तीन विकेट लिए, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *