नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डकाे बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टी-२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा यूएईलाई आठ विकेटले हराउँदै टी-२० विश्वकपमा छनोट भएको हो । सामाजिक सञ्जालमार्फत नेपाललाई बधाई दिँदै

प्रधानमन्त्री प्रचण्डले भने, ‘टी२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु । साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *