पाइलट कुटाकुट प्रकरण: रामेछाप विमानस्थलका प्रमुख निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । दुई पाइलटबीच विमानस्थलमै कुटाकुट भएपछि प्राधिकरणले विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको हो ।

घटनाका विषयमा अनुसन्धान अघि बढाइएको प्राधिकरणले जनाएको छ । यसअघि रामेछापस्थित मन्थली विमानस्थलमा कुटाकुट गर्ने तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठलाई प्राधिकरणले ग्राउण्डेड गरेको छ ।

शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *