मन्त्रिपरिषद् बैठकका १८ निर्णय : राष्ट्रपति पौडेल पहिलो भ्रमणमा युरोप जाने, कात्तिक २२ गते फ्रान्स जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने भएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरि मंसीर १ गते स्वदेश फर्कने भ्रमण स्वीकृत गरेको जानकारी दिएकी हुन् ।
राष्ट्रपति पौडेल भ्रमण सकेर मङ्सिर १ गते स्वदेश फिता हुने गरी भ्रमण कार्यक्रम तय भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो बारे जानकारी दिएकी हुन् । उनले भनिन,‘‘‘राष्ट्रपति रामचन्द्र पौडेलबाट फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात् सङ्घीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मङ्सिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।
’’ यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित परियोजना–आयोजनाका लागि २६१ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
मन्त्री शर्माले तीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने निर्णय बैठकले गरेको जानकारी दिइन् । त्यस्तै, बैठकले यससँगै अन्य विभिन्न १८ वटा निर्णय गरेको छ ।
