शतक प्रहार गर्ने खेलाडीलाई डिसहोमले १० लाख दिने

काठमाडौं । नेपालमा टी– २० विश्वकप छनोटमा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई डिसहोमले १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

अर्ना बियरपछि डिसहोमको डिस फाइबरनेटले पुरस्कारहरूको घोषणा गरेको हो । एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ प्राप्त गर्ने डिसहोम फाइबर नेटले जनाएको छ । यस्तै एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङका लागि ५० हजार रुपैयाँ दिने डिएच फाइबरनेटले जनाएको छ ।

नेपालले सेमिफाइनलमा स्थान बनाइसकेको छ । समूहगत चरणको अन्तिम खेलमा आज जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *