क्यानले टिकट बिक्रीबाट प्राप्त रकमको आधा भूकम्पपीडितलाई दिने


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ । क्रिकेट संघले शनिबार सूचना जारी गर्दै फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत पीडितलाई दिने जनाएको छ ।
आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार नेपाल र ओमान भिड्दै छन् । जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्रविन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम (पश्चिम)मा गरी १३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *