गृहमन्त्रीको नेतृत्वमा सुरक्षा प्रमुखसहितको बैठक


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणजी श्रेष्ठको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा छिटो उद्धार र राहतको व्यवस्था गर्न बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरु उपस्थित रहेको श्रेष्ठको सचिवालयले जनाएको छ । गएराति जाजरकोटमा केन्द्रविन्द्र भएको गएको ६.४ म्याग्निच्युडको भूकम्पले संरचनाहरु भत्किँदा ठूलो जनधनको क्षति भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *