नेविसंघका प्रत्येक सदस्यबाट एक हजार संकलन गरी भूकम्पपीडितलाई सहयोग गरिने


काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पपीडितको उद्धार र राहतका निम्ति सात लाख ११ हजार रुपैयाँको कोष स्थापना गर्ने भएको छ । शनिबार काठमाडौंमा बसेको संघको बैठकमा प्रत्येक सदस्यबाट एक हजार रुपैयाँका दरले रकम संकलन गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य टेकराज अवस्थीले जानकारी दिए ।

यस्तै, संघले डा. नरेश भट्टको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय गरिएको छ । केन्द्रीय सदस्य अवस्थीका अनुसार यही कात्तिक २० र २१ गते गर्ने भनिएको पदस्थापना कार्यक्रम पनि स्थगन गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *