प्रधानमन्त्रीले जिल्ला अस्पताल जाजरकोट पुगेर भेटे भूकम्पका घाइते


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट जिल्ला अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले भूकम्पमा घाइते भएकालाई भेटेका छन् । घाइतेसँग भेटेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनी आज बिहान जाजरकोट प्रस्थान गरेका थिए ।

प्रचण्डसँगै उर्जा, जलस्रोत तथा सिचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली स्वास्थ्य टोली र सामाग्रीसहित जाजरकोट गएको छ । यसैबीच, जाजरकोटमा गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ पुगेको छ । जाजरकोटमा ९२ र रुकुम (पश्चिम)मा ३७ जनाको मृत्यु भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *