प्रधानमन्त्री राहत कोषमा बुद्ध एयरले एक करोड सहयोग दिने घोषणा


काठमाडौं । बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । जाजरकोट र पश्चिम रुकुमको भूकम्पप्रभावितको सहयोगका निम्ति बुद्ध एयरले राहत दिने निर्णय गरेको कम्पनीले जनाएको छ । यस्तै, उद्धार र राहत सामग्री ढुवानीमा सहयोग गर्न पनि तयार रहेको बुद्ध एयरले उल्लेख गरेको छ ।

जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपत्मा परी त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने निर्णय गरेका छौँ । साथै, उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौँ, शनिबार बुद्ध एयरले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *