सिटिजन्स बैंकले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोट भूकम्पपीडितको सहायताका निम्ति २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भूकम्पपीडितको उद्धार र उपचारका निम्ति प्रधानमन्त्री दैवी प्रकोष उद्धार तथा राहत कोषमा २५ लाख प्रदान गर्ने निर्णय गरिएको बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए ।

शनिबार विज्ञप्ति जारी गर्दै बैंकले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारप्रति समवेदना र घाइतेहरूको स्वस्थ्यलाभको कामना गरिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ, शिक्षालगायत क्षेत्रमा सहयोग पु¥याउँदै आएको र भविष्यमा समेत यस्तो सहयोगलाई निरन्तरता दिइने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *