आरजु राईस मिलद्वारा भूकम्प पीडितलाई ५०० बोरा चामल


काठमाण्डौं । आरजु राईस मिलले जाजरकोट भूकम्प प्रभावित भेगका लागि ५०० बोरा चामल पठाएको छ । प्रत्येक बोरा २० केजीको रहेको छ । यसको तौल १० टन बराबर रहेको छ । चामलको बजार मूल्य लगभग १२ लाख रुपैयाँ रहेको छ । आरजु राईस मिल पूर्वी तराईको किसान माझ अवस्थित रहेको छ । यसको स्थापना वीरेन्द्र बहादुर बस्नेतले गरेका हुन् । मिलको नाम उनको जेठी छोरी ‘आरजु’ को नाउँमा रहेको छ ।

कम्पनीका अनुसार मीलमा नयाँ पुस्ताका स्वचालित स्वीस मेशिन जडान गरिएको छ । यसले धानलाई निफन्नेदेखि सुकाउने तथा भण्डारण गर्ने गर्छ । यसले दैनिक ४ टनसम्मको धानलाई कनिकारहित, धेरै धोईपखाली नगर्नुपर्ने, स्वादिलो चामल मिलिङ गर्छ । देश खाद्यान्नतर्फ परनिर्भरतातिर धकेलिदै गइरहेको छ । यसले खाद्य सुरक्षामा ठूलो प्रश्नचिन्ह खडा गरेको छ । यसैलाई मध्यनजर गर्दै आरजु राईस मिलको स्थापना गरिएको कम्पनीले जनाएको छ । आरजु राईस मिलले विभिन्न धानको समर्थन मूल्य खेती किसानी अगाडी नै कायम गर्ने गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *