कुशल बने टी- २० विश्वकप छनौटको उत्कृष्ट ब्याट्सम्यान
काठमाडौं । कुशल भुर्तेल आईसीसी टी- २० विश्वकप छनौटको उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् ।
यस प्रतियोगितामा कुशलले पाँच खेलमा एक अर्धशतकसहित सर्वाधिक १८५ रन बनाएका थिए ।
त्यसैगरी प्रतियोगितामा सबैभन्दा बढी ११ विकेट लिएका ओमानका बिलाल खान उत्कृष्ट बलर बनेका छन् । त्यसैगरी प्रतियोगितामा १० विकेट र १०६ रन बनाएका ओमानका आकिब इलियास उत्कृष्ट खेलाडी बनेका छन् ।