जाजरकोट भूकम्पमा ९१० घर पूर्णरूपले नष्ट, दुईहजार ८ सय ६१ घरमा आंशिक क्षति


काठमाडौं । जाजरकोट भूकम्पबाट ९ सय १० घर पूर्णरूपले नष्ट भएका छन् । दुईहजार ८ सय ६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । आइतबार अपराह्न ५ बजेसम्मको विवरणअनुसार भूकम्पबाट अहिलेसम्म १ सय ५७ जनाले ज्यान गुमाएका छन् । अन्य २ सय ४६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म उपचारपछि १ सय ४६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर गएको ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *