टी–२० विश्वकप छनोट – फाइनलमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १८४ रन बनाएको हो । नेपालका लागि गुल्सन झाले ५४ रन कप्तान रोहित पौडेलले अविजित ५२ रन बनाएका थिए । उनले ३७ बलमा दुई छक्का र पाँच चौका हिर्काए । त्यसअघि उनले केवल ३६ बलमा अर्धसतक पुरा गरेका हुन् । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि ३१ रनको योगदान गरे । तेस्रो नम्बरका ब्याट्सम्यान सन्दीप जोराले टोलीको खातामा १० रन थपे । करण केसीले अविजित २० रन जोडे । उनले ६ बलमा दुई छक्का र एक चौका हिर्काएका हुन ।

ओपनर आसिफ शेख भने ६ बलमा एक छक्काको मद्दतले ६ रन बनाउँदै आउट भएका थिए । अब केहि बेरमा नेपालका खेलाडिहरु मैदानमा बलिग गर्ने आउने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *