लुम्बिनी विकास बैंकले चन्द्रज्योति माध्यामिक विद्यालयलाई प्रिन्टर हस्तान्तरण
काठमाडौं । लुम्बिनी विकास बैँकको देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विदुर नगरपालिका वडा नं. ५ मा अवस्थित श्री चन्द्रज्योति माध्यामिक विद्यालय लाई १ थान प्रिन्टर हस्तान्तरण गरेको छ । सो प्रिन्टर हस्तान्तरण कार्यक्रममा बैँकको तर्फबाट देविघाट शाखाका प्रमुख रमेश कुमार नेपाल, बट्टार शाखाका प्रमुख बिश्वम्भरमान सिंह डंगोल, ढिकुरे शाखाका प्रमुख सुर्यकुमार पण्डित र विदुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डंगोल र विद्यालयका प्रधानाध्यापक बासुदेव पनेरुको पनि उपस्थिती रहेको थियो ।
लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ आफ्ना ग्राहकरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।