सरकारको निर्णय भूकम्पबाट मृत्यु भएकाको परिवारलाई २ लाख दिने
काठमाडौं । सरकारले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
आज आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिमृतकका परिवारलाई दुई लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए । बैठकले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य सम्पर्कस्थल र बाँकेको नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाएर खोज, उद्धार र राहत सम्बन्धी काम एकद्वार प्रणालीबाट गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको पनि उनले जानकारी दिए ।
भूकम्पबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि बैठकले गरेको छ ।