सिबिफिनद्धारा भूकम्प पीडितलाई १० लाख सहयोग


काठमाण्डौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जाजरकोट भुकम्प पिडितको सहायताको लागि १० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको छ । जाजरकोटमा शुक्रबार मध्यरातमा गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचार र राहतसहित तत्कालका लागि उक्त रकम प्रदान गरिने निर्णय भएको सिबिफिनले जनाएको छ । विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) गहिरो दुःख व्यक्त समेत गरेको छ ।

राष्ट्रिय विपत्ती आइलागेको यस कठिन अवस्थालाई संवेदनशिलरुपमा लिँदै सिबिफिनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरुसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिको वारेमा जानकारी लिएकोमा तत्काल खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी प्राप्त भएकोले उल्लेखित राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पु¥याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउनुहुन सम्बन्धित प्रदेश÷जिल्ला तथा स्थानीय निकायहरुमा संचालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा हार्दिक आग्रह गर्दछौं ।

जारी विज्ञप्तीमा भनिएको छ । विपत्ति न जानकारी दिएर आउँछ, न त व्यक्ति एवं भूगोल विशेष हेरेर आउँछ भन्ने शास्वत सत्यलाई मनन् गर्दै जनधनको क्षतिसहित कठिन अवस्थामा रहेका भूकम्प पिडितहरुको सहयोगार्थ सदस्य बैंक तथा वित्तीय संस्थाहरुले सहयोग घोषणा गरिरहेको जानकारी प्राप्त भईरहेको समेत सिबिफिनले उल्लेख गरेको छ । संवेदनशील यस घडिमा बैंक तथा वित्तीय संस्थाहरुबाट स्वतस्फूर्त सहयोग भइरहेकोप्रति सिबिफिनले आभार व्यक्त गर्दै खुला हृदयले राहत सहयोग उपलब्ध गराइदिन समेत सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा अपिल समेत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *