अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई नेपालमा लगानी गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् ।

काठमाडौँमा आयोजित एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त दुई दिने क्यासी सम्मेलनको सोमबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले लगानीका लागि आह्वान गरेका हुन् । नेपालमा लगानीका अवसर बढ्दै गएको बताउँदै उनले भने, ‘लगानी सहज बनाउने कानुनहरु निर्माण भैरहेका छन्, म कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु ।’

उनले नेपालमा विद्युतमा धेरै सम्भावना र अवसर रहेको भन्दै त्यसतर्फ लगानी बढाउन आह्वान गरे । नेपाली विद्युतको बजार भारत र बंगलादेशमा पनि बन्दै गएको बताउँदै उनले भने, ‘विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु ।’

सो सम्मेलनमा शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट लगाएतका ठाउँमा ज्यान गमाएका साथै पीडितहरुलाई सहयोग गर्ने समेत आह्रावान गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *