इजरायली सेनाले चारैतिरबाट गाजालाई घेर्‍यो, हमासको आउट पोस्ट कब्जा

काठमाडौँ । हमासविरुद्धको कारबाही तीव्र बनाएको इजरायली सेनाले गाजा क्षेत्रलाई चारैतिरबाट घेरेको छ । इजरायली सेनाका अनुसार गयराति गाजा क्षेत्रमा हमासको आउट पोस्टमा कब्जा भएको छ ।

इजरायली सेनाले आफ्नो एक्स (ट्विटर) एकाउन्टमा जनाएअनुसार यस आउटपोस्टमा ‘निगरानी चौकी, तालिम केन्द्र र हमासद्वारा निर्मित सुरुङ पनि रहेका छन् । इजरायली सेनाले यस अपरेशनका क्रममा कयौँ चरमपन्थी पनि मारिएका छन् ।
इजरायली सेनाले आइतबार उसको लडाकु विमानले करिब ४५० स्थानमा हमला गरेको जनाएको छ । हमलाको निशानामा परेका स्थानमा हमासको सैन्य कम्पाउन्ड, निगरानी चौकी, एन्टी ट्यांक चौकी पनि छन् ।

आइतबार इजरायलले बताएअनुसार गाजा शहरलाई चारैतर्फबाट घेरा हालिएको छ । इजरायलले हमासलाई पूरै समाप्त गर्ने योजनासहित यो कारबाही चलाइएको जनाएको छ । गाजामा आइतबार ठूलो संख्यामा हवाई हमला गरिएको छ । गाजामा हमासको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार इजरायली हमलामा अहिलेसम्म १० हजार मानिसको ज्यान गइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *