जाजरकोट भूकम्प – २१३ विद्यालय भवनमा क्षति

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ ।

प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पूर्णरुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ । यस्तै विद्यालयका ४३ वटा शौचालयहरु, ११ वटा आईसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबारहरु र ४ वटा सोलार सिस्टमहरु पूर्णरुपमा ध्वस्त भएका छन् । यस्तै ३५ वटा शौचालयमा आंशिक क्षति पुगेको प्रहरीको तथ्यांक छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । भूकम्पमा परी हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ । भूकम्पबाट भएको क्षतिको विवरण संकलन हुने क्रम भने जारी नै रहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *