सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कात्तिक २१ गते एक दिनका लागि सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले आज कात्तिक २० गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त तथा साधारणसभामा सहभागी हुन पाउने छन् ।

बैंकले गत आर्थिक वर्ष २०७९।८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न मङ्सिर ५ गते काठमाडौंको बालुवाटार स्थित आम्रपाली ब्यान्क्वेटमा बिहान १० बजे २२औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *