हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्ने म्याद मंसिर ४ मा सर्‍यो


काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुल्ने म्याद सरेको छ । अंकित मूल्य १ सयमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरी कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दैछ । यसअघि सारेको हो । तिहारको लामो विदा पर्ने भएकाले मिति सारिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । वैदेशिक रोजगारमा रहेकाले अब मंसिर ४ देखि १८ गतेसम्म यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निस्कासनलाई इक्रा नेपालले ए माइनस रेटिङ प्रदान गरेको छ । इक्राले सबैभन्दा बलियो कम्पनीले एएए रेटिङ प्रदान गर्दछ भने कमजोर कम्पनीलाई डी रेटिङ प्रदान गर्दछ ।

यो कम्पनीलाई प्रदान भएको ए माइनस रेटिङले कम्पनी मध्यमस्तरमा बलियो रहेको जनाउँछ । कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ९२ पैसा छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ । सो अवधिसम्म सञ्चित नाफा ४४ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । नेपाल सरकारको समेत लगानीमा स्थापना भएको नेपाल रि( इन्स्योरेन्सपछि पुनर्बीमा क्षेत्रमा निजी लगानीमा पहिलोपटक हिमालयन रि(इन्स्योरेन्स सञ्चालनमा आएको छ । १० अर्ब चुक्ता पूँजी रहने कम्पनीले ३ अर्ब रुपैयाँ प्राथमिक निस्कासन (आईपीओ) मार्फत जुटाउँदै छ । कम्पनीमा नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरुको लगानी छ । कम्पनीले हालै सीईओको जिम्मेवारी उपासना पौडेललाई दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *