कांग्रेसको महासमिति बैठक फेरि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकको मिति फेरि सारेको छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म हुनेगरी नयाँ मिति निर्धारण गरिएको बताए ।

कांग्रेसले सुरुमा मंसिर १३ देखि १६ मा महासमिति बैठक बस्ने जनाएको थियो । तर उक्त मितिमा हल नपाएको भन्दै पहिलो पटक सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्‍याइएकोमा फेरि सारेर पुस १६ मा पुर्‍याएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *