एमाले सचिवालय बैठक : १४ मंसिरदेखि मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने

काठमाडौं । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ।

पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने निर्णय गरेको हाे। सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा अघि सारेका जनाएको छ । अभियानको नाम ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ।

सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्ने एमाले सचिवालयले जनाएको छ।

पहाडी क्षेत्रमा विकास र पूर्वाधार पुगिरहे पनि बसाइसराइ बढ्दै गएकाले यो विरोधाभाषलाई अन्त्य गर्नु अभियानको एक उद्देश्य रहेको एमालेले जनाएको छ। सँगै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकताको आधार गर्ने विषयमा पनि अभियान केन्द्रित हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *