ग्लोबल आइएमईका ग्राहकलाई दराज ११ः११ मा २० प्रतिशत छुट


काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले दराजको ११ः११ अफरमा अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइने बैंकले बताएको छ ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा दुई हजार ५ सय रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ । बैंकका कार्ड भएका ग्राहकले छुट पाउनका लागि दराज एपबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर संकलन गर्नुपर्नेछ । उक्त भौचर चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागु हुने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *