भाटभटेनीका गुरुङ दम्पतीले प्रधानमन्त्रीलाई १ करोड ११ लाख ११ हजार १ सय ११ हस्तान्तरण


काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङ दम्पतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । अध्यक्ष गुरुङले जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा ज्यान गुमाउने नेपाली दिदीबहिनीप्रति समवेदनासमेत व्यक्त गरे । प्रधानमन्त्री दाहालले भाटभटेनीका अध्यक्ष गुरुङले प्रदान गरेको चेक ग्रहण गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *