सचिवालय बैठक बस्दै एमाले


काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक अहिले दिउँसो १२ः४५ मा पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार पार्टीले चलाउन लागेको मध्यपहाडी लोकमार्ग अभियानबारे छलफलको मुख्य एजेन्डा छ । मध्यपहाडी लोकमार्ग अभियानको कार्यक्रम तय गर्नु बैठकको मुख्य एजेन्डा छ । भूकम्पलगायतका विषयमा पनि छलफल हुन्छ ।

एमालेले आगामी मंसिरमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्दै छ । अभियानको तयारी स्वरुप हालै दुई टोलीले मध्यपहाडी लोकमार्गको अवलोकन गरेको थियो । पार्टीका उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल नेतृत्वका दुई टोलीले पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि सुदूरपश्चिमको झुलाघाट (बैतडी)सम्मको सिंगो मध्यपहाडी लोकमार्गको अवलोकन गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *