अखिल नेपाल फुटबल संघको विशेष साधारणसभा आज हुदैँ
अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा आज बिहीबार हेटौंडाको रोयल पार्टी प्यालेसमा बिहान ८ बजेबाट सुरु हुने विशेष साधारण सभामा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङमाथि अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने बताइएको छ ।
एन्फा केन्द्रीय समिति सदस्य एवं एन्फा मकवानपुर जिल्ला अध्यक्ष टीकाराम लामाका अनुसार साधारण सभा अघि आजै एन्फाको केन्द्रीय समितिको बैठक बस्नेछ । साधारण सभामा एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघका प्रतिनिधिलगायत देशभरका ४८ जिल्ला शाखाका प्रतिनिधिको सहभागिता रहने एन्फाले जनाएको छ ।