शुक्रबार नेपालि बजारमा सुनको मुल्य एक हजार रुपैयाँले बड्यो

काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य एक लाख १४ हजार ७५०, तेजावी सुनको मूल्य एक लाख १४ हजार १५० र चाँदीको मूल्य १४ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार एक लाख १३ हजार ७५० रुपैयाँमा छापावाल र एक लाख १३ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै, एक हजार ३ सय ८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *